काठमाडौं । अमेरिकाबाट एक हजारभन्दा बढी नेपाली निष्कासनमा पर्ने भएका छन् ।
डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउन थालेपछि एक हजार ३६५ जना नेपाली पनि निष्कासित हुने भएका हुन् ।
अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ आप्रवासीहरूको संख्या सार्वजनिक भएको छ ।
अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार एक हजार ३६५ जना नेपाली अमेरिकाबाट निष्कासनमा पर्ने भएका हुन् ।
Leave a Reply