काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा विजय प्रकाश सापकोटा विजयी भएका छन् ।
सापकोटाले ६८६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी हेमन्त राईले ६१५ मत पाए ।
अध्यक्षका अर्का उमेदवार उपदेश यादवले ३१० मत पाए भने सुदिन पौडेलले १९२ मत पाए ।
यसअघि महासचिवमा रोशन थापा मगर विजयी भएका थिए । ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्य र तीन केन्द्रीय निकायका पदाधिकारीका लागि माघ १२ गते निर्वाचन भएको थियो ।
Leave a Reply