काठमाडौं । समाजवादी मोर्चाले आगामी चैत्र २४ गते सरकारविरुद्ध जनप्रदर्शनसहितको सभा गर्ने भएको छ ।
नेकपा (एकीकृत समाजवादी) को कार्यालय आलोकनगरमा बुधबार बसेको मोर्चाको बैठकले वर्तमान सरकारको कार्यशैली र देशमा हाल देखिएका सबै समस्याका विरुद्धमा चैत्र २४ गते जनप्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको हो ।
बैठकले चैत्र पहिलो हप्ता मधेसमा जनप्रदर्शनसहितको कार्यक्रम गर्ने निर्णय पनि भएको बताइएको छ ।
समाजवादी मोर्चाले फागुन अन्तिमसम्म समाजवादी मोर्चाको बारेमा जानकारी गराउने उद्देश्यले समाजवादी मोर्चा प्रकाशन गर्ने निर्णय भएको छ ।
Leave a Reply