Online Nepal
  • सोमबार, ४ चैत्र २०८१
  • रविविरुद्धको मुद्दामा विरोध जनाउने रास्वपाको निर्णय

    रविविरुद्धको मुद्दामा विरोध जनाउने रास्वपाको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, १६ माघ २०८१
  • 129
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले संसद अधिवेशनमा रवि लामिछानेलाई सांसद पदबाट निलम्वन गरिएको विषयमा विरोध गर्ने निर्णय गरेको छ ।

    रास्वपाको संसदीय दलको बैठकपछि बोल्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सो कुरा बताएका हुन्।



    सरकारले राजनीतिक प्रतिसोधका आधारमा प्रतिनिधि सभा नियमावलीको विपरित राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता लामिछानेलाई सम्पती शुद्धिकरण समेतको मुद्दा हालेर सांसद पद निलम्बन गरेको ठहर गरेको भन्दै संसद बैठकमा विरोध गर्ने निर्णय गरेको उनले बताए।

    सभापति माथि साँधिएको राजनीतिक प्रतिशोध,सहकारी र अर्थतन्त्र,असन्तुलित परराष्ट्र नीति र सत्ता समिकरणको सात बुँदाको समेत विरोध गर्ने निर्णय गरेको बताए।

    संसदको हिउँदे अधिवेशनमा जाँदा सरकारले सदनलाई छलेर अध्यादेश ल्याउने काम गरेको भन्दै अध्यादेशको अस्वीकारको प्रस्ताव गर्ने निर्णय गरेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार