काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दैछ । रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले बिहान ११ बजे पार्टी कार्यालय चःमतिमा बैठक बस्न लागेको हो ।
पार्टी सभापति तथा संसदीय दलका नेता रवि लामिछाने निलम्बनमा परेकाले उपनेता श्रेष्ठकै अध्यक्षतामा बैठक बस्नेछ ।
दलका नेता लामिछाने सांसद पदबाट निलम्बित भएपछि उपनेता श्रेष्ठले पहिलोपटक विधानअनुसार कार्यकारी अधिकार प्रयोग गर्दै दलको बैठक बोलाएका हुन् ।
बैठकमा संसद्को आगामी अधिवेशन तयारीका विषयमा छलफल हुनेछ । संसद्को हिँउदे अधिवेशन यही माघ १८ गतेदेखि शुरू हुँदैछ ।
बैठकमा सरकारले हालै ल्याएका विभिन्न अध्यादेशका बारेमा समेत छलफल हुने बताइएको छ ।
Leave a Reply