Online Nepal
  • शुक्रबार, २ फाल्गुन २०८१
  • प्रयागराजमा जारी महाकुम्भ मेलामा भागदौड मच्चिँदा १४ जनाको मृत्यु

    प्रयागराजमा जारी महाकुम्भ मेलामा भागदौड मच्चिँदा १४ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १६ माघ २०८१
  • 573
    SHARES

    एजेन्सी । भारत, उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलाको संगम तटमा भागदौड मच्चिएको छ ।

    स्थानीय समय अनुसार मंगलबार राति करिब १ः३० बजे त्यहाँ भागदौड मच्चिएको हो । भागदौडमा १४ जनाको मृत्यु भएको छ । तर प्रशासनले मृतक वा घाइतेको संख्याबारे कुनै जानकारी दिएको छैन ।



    भागदौडपछि प्रशासनको आग्रहमा १३ वटै अखाडाले आज मौनी अमावस्याको अमृत स्नान रद्द गरेका छन् । घटनालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्री योगी आदित्यनाथसँग फोनमा कुरा गरेका छन् ।

    संगममा केही महिलाहरू भुइँमा लडे, मानिसहरूले उनीहरूलाई कुल्चिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनापछि घाइते र मृतकलाई अस्पताल लगिएको छ । ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार