Online Nepal
  • शुक्रबार, १८ माघ २०८१
  • डेढ करोड हिनामिनामा संलग्न पूर्वजमदार जेल चलान

    डेढ करोड हिनामिनामा संलग्न पूर्वजमदार जेल चलान

    अनलाइन नेपाल
  • मंगलबार, १५ माघ २०८१
  • 753
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली सेनाका पूर्वजमदार रबिन्द्र लुङगेली जेल चलान भएका छन् ।

    सेनाको कल्याणकारी कोषको रकम हिनामिनाको आरोपमा पक्राउ परेका उनलाई जिल्ला अदालत, काठमाडौंका न्यायाधीश हर्कबहादुर खत्रीको इजलासले कारागार पठाउन आदेश दिएको हो ।



    सेनाको जाहेरीका आधारमा जिल्ला प्रहरी परिसर,काठमाडौंले उनलाई पक्राउ गरी आपराधिक विश्वासघात मुद्दा चलाएको थियो । उनीमाथि डेढ करोड हिनामिनाको आरोप थियो ।

    सैनिक कल्याणकारी निर्देशनालयमा कार्यरत रहँदा उनले तत्कालिन मेजर समिर कुमार गुरुङसँग मिलेर फर्जी चेकमार्फत रकम निकालेका थिए । गुरुङ भने फरार रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार