Online Nepal
  • सोमबार, ४ चैत्र २०८१
  • हामी संसद् छलेर भागेका होइनौं, बदनियत छैन : सञ्चारमन्त्री गुरूङ

    हामी संसद् छलेर भागेका होइनौं, बदनियत छैन : सञ्चारमन्त्री गुरूङ

    अनलाइन नेपाल
  • मंगलबार, १५ माघ २०८१
  • 201
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सरकार संसद् छलेर नभागेका बताएका छन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकपछि बोल्दै सञ्चारमन्त्री गुरूङले सो कुरा बताएका हुन् ।



    उनले सरकारले संसद् छलेर अध्यादेश नल्याएको भन्दै कुनै बदनियत नभएको स्पष्ट पारे ।

    सञ्चारमन्त्री गुरूङले भने,‘यो सरकारको संवैधानिक अधिकार हो । मुलुकको आवश्यकताको लागि, सुशासन प्रवद्र्धन गर्नका लागि र अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि अध्यादेश ल्याइएको हो । अध्यादेश कसरी बदनियत हुन्छ ? संसद्‌बाट छलेर भागेको भए छुट्टै, संसद्मा पेस भएर पारित हुन्छ । यो प्रतिपक्षीको भाषा होला ।’

    अध्यादेश ल्याउनुमा सरकारको बदनीयत नभएको पनि उनको भनाइ छ। सञ्चारमन्त्री गुरूङले अध्यादेश ल्याउने सरकारको संवैधानिक अधिकार भएको जिकिर गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार