Online Nepal
  • शुक्रबार, १ चैत्र २०८१
  • वैदेशिक रोजगारीको प्रलोभन देखाएर करोडौं ठगी गर्ने चार जना पक्राउ

    वैदेशिक रोजगारीको प्रलोभन देखाएर करोडौं ठगी गर्ने चार जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १५ माघ २०८१
  • 360
    SHARES

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने चार जनालाई पक्राउ परेका छन।

    उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।



    पक्राउ पर्नेहरुमा सल्ल्यानको छत्रेश्वरी गाउँपालिका–६का सुनिल दसौदी, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-५ का स्थायी बासिन्दा विकास दवाडी, गोरखा शहीदलखन गाउँपालिका–७ घर भएका सुरेन्द्र विक र काठमाडौँको गोकर्णेश्वर नगरपालिका-८ निवासी २४ वर्षीया विशाखा पौडेल रहेका छन् ।

    दसौदीले सर्विया पठाइदिन्छु भन्दै २२ लाख ३८ हजार , दवाडीले जापान पठाइदिने भनेर दुई जनाबाट तीन लाख, विकले सुरेन्द्रले अमेरिका पठाइने वहानामा ९७ लाख ५४ हजार र पौडेलले कुवेत पठाइदिन्छु भन्दै एक लाख ६० हजार ठगेका थिए।

    अभियुक्तमध्ये दवाडी, पौडेल र दसौदीलाई वैदेशिक रोजगार विभाग तथा विकलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

    यसैबीच, अनलाइन जुवा खेलाएको अभियोगमा रामेछाप खाँडादेवी गाँउपालिका–९ का ४८ वर्षीय राजप्रकाश श्रेष्ठ र नुवाकोट विदुर नगरपालिका–१३ का २३ वर्षीय हरिचन्द्र भुजेल पक्राउ परेका छन्।

    उनीहरूले हालसम्म दुई करोड ४१ हजार ६ सय ३६ बराबरको कारोबार गरेका प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

    साथै प्रहरीले उनीहरूबाट नगद ९० हजार, चार थान मोबाइल सेट, सिपियु एक थान कम्प्यूटर, ५९ वटा सिमकार्ड, विभिन्न ब्याङका २७ थान एटिएम कार्ड र सात थान चेकबुक बरामद गरेको छ।

    उनीहरूलाई पनि जिल्ला प्रहरी परिसर काठमाडौँ चलान गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार