विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू राष्ट्रिय राजनीतिमा सक्रिय रहेको बताएकी छन् ।
विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । उनले दलीय नभएर अहिले आफूले राष्ट्रिय राजनीति गरिरहेको उनले बताए ।
राष्ट्रले आवश्यकता महसुस गरेमा दलीय राजनीतिमा पनि आउनसक्ने संकेत गरेको उनको भनाइ छ ।
राष्ट्रको आवश्यकताले खोजी भएमा दलीय राजनीतिमा पुनः सक्रिय हुने इच्छा भण्डारीले व्यक्त गरेकी हुन् । तर, अहिले नै कुनै दलमा आबद्ध हुने निर्णयमा आफू नपुगेको उनले स्पष्ट पारिन् ।
Leave a Reply