कैलाली । कैलाली प्रहरीले किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
जोशीपुर गाउँपालिका-६ बस्ने १५ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जोशीपुर-१ का १८ वर्षीय सुमन डगौरा र १८ वर्षकै कुशल चौधरी रहेका छन् ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
बलात्कारमा संलग्न रहेको आरोप लागेका अन्य दुई जना भने भारततर्फ भागेको प्रहरीले जनाएको छ ।
भारत भाग्नेमा १८ वर्षीय राजकुमार चौधरी र १९ वर्षीय आशिक चौधरी रहेका छन् ।
Leave a Reply