Online Nepal
  • मंगलबार, २९ माघ २०८१
  • एक करोड धरौटी बुझाएर छुटे पूर्व गृहमन्त्री रवि

    एक करोड धरौटी बुझाएर छुटे पूर्व गृहमन्त्री रवि

    अनलाइन नेपाल
  • आइतबार, १३ माघ २०८१
  • 465
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

    लामिछानेले बैंक ग्यारेन्टीमार्फत १ करोड रुपैयाँ धरौटी बुझाएका हुन् ।



    आइतबार जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले सुप्रिम सहकारी ठगी प्रकरण लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

    सुप्रिम सहकारीको रकम संगठित ठगीमा रविसहित २२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा पूरक अभियोगपत्र दर्ता गरिएको थियो । पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रूपैयाँ बिगो मागदाबी गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार