Online Nepal
  • बुधबार, ६ चैत्र २०८१
  • गाडी कुरिरहेकी किशोरीलाई मोटरसाइकलमा लगेर बलात्कार

    गाडी कुरिरहेकी किशोरीलाई मोटरसाइकलमा लगेर बलात्कार

    अनलाइन नेपाल
  • आइतबार, १३ माघ २०८१
  • 1K
    SHARES

    फाइल तस्विर

    बझाङ । बझाङमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकलाई पक्राउ गरेको छ । जिल्लाको छबिसपाथीभेरा गाउँपालिका–१ बस्ने २४ वर्षीय धर्मराज गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।

    उनले छबिसपाथीभेराको भाँडेबगर बजारमा गाडी कुरिरहेकी किशोरीलाई मोटरसाइकलमा पुर्‍याइदिने बहानामा बलात्कार गरेको प्रहरीले जनाएको छ ।



    धनगढीबाट आएकी ती किशोरी शनिबार साँझ भाँडेबगरमा गाडी कुरिरहेकी थिइन् । एक्लै देखेपछि म पुर्‍याइदिन्छु भन्दै मोटसाइकलमा ल्याएर केही पर एकान्त ठाउँमा पुर्‍याएपछि जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

    उनीमाथि जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार