काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ।
आज दिउँसो संसद भवनको लोत्से हलमा कांग्रेसको संसदीय दलको बैठक सुरु भएको हो । बैठकमा विज्ञहरूले सरकारले ल्याएको अध्यादेशबारे ब्रिफिङ गरिरहेका छन्।
बैठकमा संसद्को हिउँदे अधिवेशनमा कसरी अघि बढ्ने, विचाराधीन विधेयक, अध्यादेश लगायतका विषयमा पनि छलफल हुँदैछ।
एमाले र कांग्रेसको कार्यदलले संसदमा पेश हुने विधेयकलाई प्राथमिकतामा राखेर अध्ययन गरिरहेका छन्।
विचाराधीन विधेयकहरूलाई छिटो अघि बढाएर संसदको आगामी बैठकबाट पारित गर्ने गरी छलफल गर्ने सत्ता पक्षको तयारी छ।
Leave a Reply