Online Nepal
  • सोमबार, ४ चैत्र २०८१
  • कैलालीमा भाइको कैची प्रहारबाट दाइको मृत्यु

    कैलालीमा भाइको कैची प्रहारबाट दाइको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १३ माघ २०८१
  • 360
    SHARES

    फाइल तस्विर

    धनगढी । कैलालीमा भाइले कैची प्रहार गर्दा दाइको मृत्यु भएको छ।

    कैलालीको धनगढी उपमहानगरपालिका-१७ का ३० वर्षीय प्रकाशले कैची प्रहार गर्दा ३५ वर्षीय दाइ लालबहादुर बोहराको मृत्यु भएको हो ।



    घाँटीमा कैची प्रहारबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि मिसन अस्पताल धनगढीमा उपचारका लागि पठाइएको थियो।

    उपचारकै क्रममा उनको राति २ः५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    प्रारम्भिक अनुसन्धानका क्रममा घरायासी विवादमा सामान्य भनाभन हुँदा प्रकाशले कैची प्रहार गरेको खुलेको छ ।

    दाइको मत्यु भएपछि भाइ प्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार