Online Nepal
  • शुक्रबार, ८ चैत्र २०८१
  • पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप

    पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप

    अनलाइन नेपाल
  • आइतबार, १३ माघ २०८१
  • 327
    SHARES

    ताप्लेजुङ । पाथीभरा क्षेत्रमा शनिबार प्रहरी र केबलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा चारजना घाइते भएका छन् । काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा झडप भएको हो ।

    प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार झडपमा सशस्त्र प्रहरीका तीनजना घाइते भएका छन् । आन्दोलनकारीतर्फ दुई व्यक्ति घाइते भएको बताइएको छ ।



    आन्दोलनकारीले प्रहरीलाई ढुंगा हानेपछि स्थिति तनावपूर्ण बनेको थियो । प्रहरीले आन्दोलनकारीबाट तीन खुकुरी, गुलेली र अन्य सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    हिमालयन कन्सट्रक्सनले १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी केबलकार निर्माण योजना अघि बढाएको हो । गत मंगलबारदेखि जमिन सम्याउने काम सुरु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार