Online Nepal
  • मंगलबार, २९ माघ २०८१
  • शंकर पोखरेललाई प्रश्न – आफैं जनताबाट अस्वीकृत भएको भुल्नुभयो ?

    शंकर पोखरेललाई प्रश्न – आफैं जनताबाट अस्वीकृत भएको भुल्नुभयो ?

    राधाकृष्ण देउजा
  • आइतबार, १३ माघ २०८१
  • 660
    SHARES

    काठमाडौं । २०५६ मा दाङ–२ मा नेपाली कांग्रेसका कृष्णकिशोर घिमिरेसँग हारेका शंकर पोखरेल २०७० सालको दोस्रो संविधानसभा दाङ–४ मा कांग्रेसकै बुद्धिराम भण्डारीसँग पराजित भएका थिए ।

    प्रत्यक्ष चुनावमा जनता बाट जित्नै नसक्ने भए पछि २०६४ सालको पहिलो संविधान सभामा भने उनी समानुपातिकबाट सभासद थिए । त्यसरी निगाहमा सभासद बनेका उनी सूचना तथा सञ्चारमन्त्री पनि बने ।



    २०७४ को आम निर्वाचनमा बामाले सोचका ओली पोखरेल स्वार्थले बनाइएको बाम गठबन्धनको साहारामा शंकर पोखरेल प्रदेश सभामा चुनाव जित्न सफल भएर गुटको कोटामा मुख्यमन्त्री पनि बने ।

    उनले मुख्यमन्त्री हुँदा आफ्नो पद टिकाउन विहारी शैलीका के के हर्कत गरे त्यो लुम्बिनीका मात्रै हैन आम नेपालीलाइ थाहा छ । मुख्यमन्त्री भएर गरेका विहारी शैलीको अभ्यास अनि नेकपादेखि एमाले फुटाउन उनले खेलेको भूमिका देखेका जनताले उनलाई २०७९ मा फेरी हराइदिए ।

    तर विडम्वना आज तिनै शंकर पोखरेल भन्दै छन “जनता बाट अस्वीकृत भएकाहरुले सरकार विरुद्ध भ्रम फैलाइरहेका छन ।” आफु आफ्नै शक्तिले जनताबाट निर्वाचित हुन अक्सर नसकेको तथ्य भुलेको ? अनि भर्खरै सम्पन्न चुनाव समेत पनि हारेको समेत भुलेको ? कि जनताबाट अस्वीकृत भनेर आफैंलाई सम्झना गरेको ?

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार