काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । आइतबार दिउँसो २ बजे संघीय संसद् भवनको नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको हो ।
संसद्मा विचाराधीन विधेयकमा छलफलसहितका विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको बताइएको छ ।
संसदीय दलको बैठकमा पार्टीका आन्तरिक जीवनमा देखिएका र सुधार गर्नुपर्ने विषयवस्तु भए सघन रूपमा सांसदका बीचमा छलफल गरी निष्कर्षमा पुर्याउने कांग्रेसको तयारी छ ।
यसअघि शनिबार बसेको पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दल कार्यसमितिको बैठकले संसद्को आउँदो अधिवेशनमा पार्टी एउटै आवाज र एकढिका भएर प्रस्तुत हुने निर्णय गरेको छ ।
Leave a Reply