Online Nepal
  • बुधबार, ६ चैत्र २०८१
  • अहिलेको आवश्यकता वृहत् वामपन्थी मोर्चा निर्माण गर्नु हो : झलनाथ खनाल

    अहिलेको आवश्यकता वृहत् वामपन्थी मोर्चा निर्माण गर्नु हो : झलनाथ खनाल

    अनलाइन नेपाल
  • शनिबार, १२ माघ २०८१
  • 255
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले अहिलेको आवश्यकता वृहत् वामपन्थी मोर्चा निर्माण गर्नु रहेको बताएका छन् ।

    शनिबार काठमाडौंमा आयोजित एकदेव आलेको ५६औं स्मृति दिवसमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका उनले यस्तो बताएका हुन् ।



    पूर्वप्रधानमन्त्री खनालले सबै वामपन्थी दलहरूले वर्तमान राजनीतिक चुनौतीलाई आत्मसात् गर्दै एकीकृत वामपन्थी मोर्चा निर्माणमा अघि बढ्नुपर्नेमा जोड दिए ।

    उनले भने, ‘यदि यो आवश्यकता अहिले महसुस गरिँदैन भने, आगामी २०८४ सालको निर्वाचनले यसको वास्तविकता देखाउनेछ।’

    खनालले एकदेव आलेको सपना पूरा गर्न नेपालको सम्पूर्ण कम्युनिस्टहरूले एकीकृत पार्टी निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए ।

    उनले कम्युनिस्ट आन्दोलनलाई सुदृढ गर्न वैचारिक र राजनीतिक दिशाको आवश्यकता रहेको बताउँदै भने, ‘सही वैचारिक कार्यदिशा अहिले नै पहिल्याउन नसकिए पनि कमसेकम साझा आधार र कमन ग्राउन्ड तयार गर्न सकिन्छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार