Online Nepal
  • मंगलबार, ५ चैत्र २०८१
  • राजनीतिक दलका नेताले राजनीतिलाई पेसा बनाएपछि विकासले गति लिन सकेन : स्वर्णिम वाग्ले

    राजनीतिक दलका नेताले राजनीतिलाई पेसा बनाएपछि विकासले गति लिन सकेन : स्वर्णिम वाग्ले

    अनलाइन नेपाल
  • शनिबार, १२ माघ २०८१
  • 243
    SHARES

    फाइल तस्विर

    कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले राजनीतिक दलका अधिकांश नेताले राजनीतिलाई पेसा बनाएकै कारण विकासले गति लिन नसकेको दाबी गरेका छन् ।

    तनहुँ सम्पर्क समाज पोखराको आठौं साधारणसभा तथा अधिवेशनको शनिबार यहाँ उद्घाटन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।



    कोरोना महामारीपछि मुलुकको अर्थतन्त्रमा समस्या देखिएको उल्लेख गर्दै अर्थतन्त्रको विकासका लागि सबै राजनीतिक दल एक ठाउँमा आउनुपर्ने आवश्यकता रहेको बताए ।

    यस्तै उनले राजनीति सङ्लो हुन सके दश वर्षमा मुलुकमा समृद्धि हासिल गर्न सकिने बताए । राजनीतिक दलहरु सुशासन र विकासको अभियान लिएर अगाडि बढेमा मात्रै समृद्धि सम्भव हुने उनको धारणा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार