Online Nepal
  • बुधबार, ३ बैशाख २०८२
  • कञ्चनपुरमा एक महिना नपुग्दै फेरि अर्का प्रहरी जवानले हाने आफैलाई गोली

    कञ्चनपुरमा एक महिना नपुग्दै फेरि अर्का प्रहरी जवानले हाने आफैलाई गोली

    अनलाइन नेपाल
  • बुधबार, ९ माघ २०८१
  • 2.9K
    SHARES

    फाइल तस्विर

    कञ्चनपुर । कञ्चनपुरमा फेरि एकजना जवानले आफैमाथि गोली चलाएका छन् । १२ पुसमा कञ्चनपुरमा जवानले आफैमाथि गोली चलाएको घटना सेलाउन नपाउँदै फेरि अर्का प्रहरी जवान वकिल विष्टले आफैमाथि गोली हानेका हुन् ।

    बुधबार राति सवा ८ बजेतिर महेन्द्रनगरस्थित विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान विष्टले आफैमाथि गोली चलाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।



    गोली प्रहारबाट विष्ट गम्भीर घाइते भएका छन् । विष्टको नाकमा गोली लागेको छ । विष्टको उपचारका लागि महाकाली अस्पतालमा लगिएको थियो ।

    तर त्यहाँबाट पनि रिफरको तयारी गरिरहेको बताइएको छ । घटनाको कारण पत्ता लागेको छैन । प्रहरीले अनुसन्धान थालेको छ ।

    करिब एक महिना अघि (१२ पुस) पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले आफैमाथि गोली चलाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार