Online Nepal
  • शुक्रबार, १ चैत्र २०८१
  • एमाले अछामले चलायो कारबाहीको डण्डा, प्रकाश शाहसहित ६ नेता निष्कासित

    एमाले अछामले चलायो कारबाहीको डण्डा, प्रकाश शाहसहित ६ नेता निष्कासित

    अनलाइन नेपाल
  • बुधबार, ९ माघ २०८१
  • 4.3K
    SHARES

    अछाम । नेकपा एमाले अछामले डा. भीम रावलको पक्षमा लाग्ने नेताहरुलाई कारबाही गरेको छ ।

    एमाले अछामले बुधबार विज्ञप्ति जारी गर्दै जिल्ला सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख प्रकाश शाहसहित ६ जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको हो ।



    उनीहरु पार्टीबाट निष्कासित पूर्वउपाध्यक्ष भीम रावलको पक्षमा सक्रिय रुपमा देखिएका छन् ।

    जिल्ला अध्यक्ष चन्द्र बोहरा र सचिव भीम रावलद्वारा हस्ताक्षरित विज्ञप्तिमा जिल्ला सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख प्रकाश शाह, सचिवालय सदस्य सागर सिंह बाव्ली, जिल्ला कमिटी सदस्य बल बहादुर कुँवर, शंकर भुल, रतन बहादुर रावल र साँफेबगर नगर कमिटीका अध्यक्ष ढकेन्द्र कुँवरलाई पार्टीबाट निष्कासित गरिएको उल्लेख छ ।

    उनीहरु नेतृत्व विरुद्ध नाराबाजी गर्नुका साथै मातृभूमि अभियानमा लागेका छन् । अहिले एमालेबाट निष्कासित नेता डा. रावल अछाममा मातृभूमि अभियान सञ्चालन गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार