Online Nepal
  • आइतबार, ३ चैत्र २०८१
  • मन्त्रिपरिषद्‍ बैठकले गरेका १५ निर्णय सार्वजनिक

    मन्त्रिपरिषद्‍ बैठकले गरेका १५ निर्णय सार्वजनिक

    अनलाइन नेपाल
  • बुधबार, ९ माघ २०८१
  • 585
    SHARES

    काठमाडौं । माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरू सार्वजनिक गरिएको छ ।

    सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले निर्णयहरु सार्वजनिक गरेका हुन् ।



    मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदमा पेश गर्न स्वीकृति दिने लगायत १५ बुँदे निर्णय गरिएको उल्लेख छ ।

    बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवसाथपन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्ति गर्न गठित सिफारिस समितिको म्याद ३५ दिन थप गर्ने निर्णय समेत गरेको छ ।

    यसैगरी जग्गा प्राप्ति तथा अचल सम्पत्ति अधिग्रहण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय समेत बैठकले गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार