काठमाडौं । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ गतेलाई बोलाउने निर्णय भएको छ।
मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २१ गते दिउँसो २ बजे संसद बैठक डाक्न प्रदेश प्रमुसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
गण्डकी सरकारका प्रवक्ता आर्थिक मामिला मन्त्री डाक्टर टकराज गुरुङले माघ २१ गतेबाट हिउँदे अधिवेशन बोलाउने निर्णय भएको जानकारी दिए ।
प्रदेश सभाको बर्खे अधिवेशन गत असोज ७ गते अन्त्य भएको थियो ।
Leave a Reply