Online Nepal
  • मंगलबार, ५ चैत्र २०८१
  • चिया खाएर पैसा तिर्ने विषयमा विवाद हुँदा साथीमाथि खुकुरी प्रहार

    चिया खाएर पैसा तिर्ने विषयमा विवाद हुँदा साथीमाथि खुकुरी प्रहार

    अनलाइन नेपाल
  • सोमबार, ७ माघ २०८१
  • 996
    SHARES

    सुनसरी । साथीमाथि खुकुरी प्रहार गरेको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा धरान–१३ का १८ वर्षीय उत्सव मगर, २१ वर्षीय विश्रान्ती मगर, धरान–८ का २२ वर्षका रोमन गुरुङ, सोही ठाउँका १७ वर्षका प्रस्थान राई र धरान–५ का २१ वर्षीय सुदीप तामाङ छन् ।



    गत शनिबार धरान उपमहानगरपालिका–१५ स्थित सदन रोडमा २१ वर्षका रिजन राईमाथि खुकुरी प्रहार भएको थियो ।

    उनीहरुलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    शनिबार बिहान चिया खाएर पैसा तिर्ने विषयमा विवाद हुँदा राईमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार