काठमाडौँ । नेपालको पुरुष टिम पनि प्रथम खो–खो विश्वकप प्रतियोगितामा उपविजेतामै सिमित भएको छ ।
भारतको इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा भर्खरै सम्पन्न फाइनलमा नेपाली टिम आयोजक भारतसँग ५४–३६ स्कोरले पराजित भएको हो ।
पराजित पछि नेपाल दोस्रो स्थानमै खुम्चिएको छ ।
केहीबेर अघि सम्पन्न महिलातर्फको फाइनलमा पनि नेपाली टिम भारतसँग नै पराजित भएको थियो । भारतले फाइनल खेल ७८–४० ले जितेको थियो ।
Leave a Reply