Online Nepal
  • शुक्रबार, २ फाल्गुन २०८१
  • खोखो विश्वकप फाइनलमा भारतसँग हार्‍यो नेपाली महिला टोली

    खोखो विश्वकप फाइनलमा भारतसँग हार्‍यो नेपाली महिला टोली

    अनलाइन नेपाल
  • आइतबार, ६ माघ २०८१
  • 273
    SHARES

    काठमाडौं । खो–खो विश्वकपको फाइनलमा नेपाली महिला टोली आयोजक भारतसँग पराजित भएको छ ।

    नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर स्टेडियममा आज भएको उपाधि प्रतिस्पर्धामा नेपाली महिला टोली ७८–४० ले पराजित भएको हो ।



    नेपाली महिला टोली अपराजित रहँदै उपाधि नजिकै पुगेको थियो । नेपाली महिलो टोलीले सेमिफाइनलमा युगान्डालाई र क्वाटरफाइनलमा इरानलाई हराएको थियो ।

    यस्तै नेपाली महिला टोलीले समूह चरणको पहिलो खेलमा भुटान, दोस्रो खेलमा जर्मनी, तेस्रो खेलमा श्रीलङ्का र चौथो खेलमा बङ्गलादेशलाई हराएको थियो ।

    खो–खो विश्वकप फाइनलको पुरुषतर्फ अहिले बेलुकी ८ बजे भारतसँग खेल्दैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार