Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वास्थ्य बिमा सुधारको कार्ययोजना ल्याउन प्रधानमन्त्री ओलीको निर्देशन

स्वास्थ्य बिमा सुधारको कार्ययोजना ल्याउन प्रधानमन्त्री ओलीको निर्देशन

आइतवार , माघ ६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बिमा सुधारको कार्ययोजना ल्याउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएका छन्।

कार्यदलको प्रतिवेदन र सुुझावबारे आज प्रधानमन्त्री निवास, बालुुवाटारमा ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले उक्त निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउने लक्ष्यसहित नागरिकलाई शिक्षित गराउनुुपर्ने र बिरामी भइहालेमा खर्च नभएर उपचार गर्न नपाउने अवस्था आउन दिन नहुने बताए।

उनले कार्यदलबाट स्वास्थ्य बिमा कार्यक्रमको वस्तुुनिष्ठ समीक्षासहित सुुझाव दिइएकाले यथास्थितिमा परिवर्तन गरी व्यवहारिक हुने गरी कार्यक्रमलाई सुुधार गर्ने गरी एक साताभित्र कार्ययोजना ल्याउन मन्त्रालयलाई निर्देशन दिए।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, कार्यदलका संयोजक डा. शम्भुु आचार्य, सदस्यहरू डा. भगवान कोइराला, डा. रघुुराम काफ्ले र सदस्यसचिव डा. सरोज शर्माले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य बिमा कार्यक्रमको नीतिगत, कानुनी र संरचनागत परिवर्तन गर्नुपर्ने देखिएको ब्रिफिङ गरेका हुन् ।

हाल यस कार्यक्रमअन्तर्गत करिब ११ अर्ब रुपैयाँ भुुक्तानी गर्न बाँकी रहेको छ ।

यस कार्यक्रममा हाल कुल जनसङ्ख्याको २७ प्रतिशत नागरिक आबद्ध भएको र आबद्ध भएकामध्ये ४८ प्रतिशतले सेवा लिएको स्थितिमा सबै नागरिकलाई कार्यक्रममा अनिवार्य सहभागी गराउने र निरपेक्ष गरिबीको रेखामुनि रहेका सबै नागरिकको स्वास्थ्यसेवा निःशुल्क गर्नुपर्ने ढाँचामा जान कार्यदलले सुझाव दिएको छ।

कार्यदलले आधारभूत स्वास्थ्यसेवा र अन्य सामाजिक सुरक्षाका कोषका कार्यक्रमसँग पनि यस कार्यक्रमलाई एकीकरण गर्न सुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077