Online Nepal
  • शुक्रबार, १ चैत्र २०८१
  • युद्धविराम कार्यान्वयन नगर्ने इजरायली प्रधानमन्त्री नेतान्याहुको चेतावनी

    युद्धविराम कार्यान्वयन नगर्ने इजरायली प्रधानमन्त्री नेतान्याहुको चेतावनी

    अनलाइन नेपाल
  • आइतबार, ६ माघ २०८१
  • 531
    SHARES

    एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायली सेनालाई गाजामा तत्काल युद्धविराम सुरु नगर्न निर्देशन दिएका छन् ।

    हमासले रिहा गरिने बन्धकहरूको नाम उपलब्ध नगराएसम्म युद्धविराम लागु नगर्न नेतन्याहुले निर्देशन दिएका हुन् ।



    उनको कार्यालयले एक विज्ञप्ति जारी गर्दै इजरायली डिफेन्स फोर्सेसलाई युद्धविराम सुरु नगर्न निर्देशन दिएको उल्लेख गरेको छ।

    युद्धविराम स्थानीय समयअनुसार बिहान ८:३० बजेबाट सुरु हुने तय भएको थियो। हमासले भने बन्धकहरूको नाम सार्वजनिक गर्न भएको ढिलाइ ‘स्थानीय प्राविधिक कारणहरू’का भएको स्पष्ट पारेको छ ।

    इजरायली नेताले गए राति नै गाजामा युद्धविराम सम्झौताको पहिलो चरण ‘अस्थायी युद्धविराम’ मात्र भएको चेतावनी दिएका थिए ।

    यदि सम्झौता तोडियो भने इजरायललाई युद्ध जारी राख्ने अधिकार हुने र यसमा उसलाई अमेरिकाको समर्थन हुने उनीहरूको भनाइ थियो ।

    प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले इजरायल अझै रिहा गरिने तीन बन्धकहरूको नाम पर्खिरहेको जनाएको छ ।

    युद्धविराम सम्झौताअनुसार बन्धक रिहा गर्ने प्रक्रिया सुरु हुनुभन्दा कम्तीमा २४ घण्टा अघि नाम उपलब्ध गराउनुपर्ने हुन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार