Online Nepal
  • शुक्रबार, ८ चैत्र २०८१
  • जनताको काममा फर्किन रास्वपा कार्यकर्तालाई मुकुल ढकालको आग्रह

    जनताको काममा फर्किन रास्वपा कार्यकर्तालाई मुकुल ढकालको आग्रह

    अनलाइन नेपाल
  • आइतबार, ६ माघ २०८१
  • 618
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री मुकुल ढकालले पार्टी सहस्यहरुलाई जनताको काममा लाग्न आग्रह गरेका छन्।

    सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पूर्वमहामन्त्री ढकालले पार्टी सहस्यहरुलाई जनताको काममा लाग्न सुझाव दिएका हुन्।



    उनले सरकारले संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेकोले त्यसका लागि तयारी गर्न आग्रह गरे।

    ढकालले लेखेका छन्,’पार्टी सभापति अदालती प्रक्रियामा व्यस्त रहँदा पार्टीले आफ्नो नियमित काम बिर्सिएको जस्तो आभास भइरहेको छ । सरकारले संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेको छ । त्यसैले कुनै पनि बहाना नबनाई जनताको काममा हामी फर्कनै पर्छ । तपाईंको क्षेत्रका जनताको मुद्दाहरूलाई उठाउने विषयमा स्थानीय बुद्धिजीवी र जनतालाई पनि समेटेर छलफल गर्नुहोस् । त्यसपछि तयार पारिएका मुद्दाहरूलाई माथिल्लो निकाय हुँदै केन्द्रीय कार्यालयमा पठाउनुहोस् । केन्द्रीय कार्यालयले ती मुद्दाहरूलाई संसदीय दलमार्फत छलफल गरी संसदमा उठाउने सिस्टम पहिल्यै बनाइएको थियो । यो सिस्टमलाई पुनः जागृत गर्नुहोस् र संसदमा जनताको आवाज पुर्‍याउन आजैबाट पहल थाल्नुहोस् ।’

    उनले रास्वपा सदस्यहरुलाई आ-आफ्नो तहमा छलफल गर्न र त्यसपछि त्यसपछि तयार पारिएका मुद्दाहरूलाई माथिल्लो निकाय हुँदै केन्द्रीय कार्यालयमा पठाउन अनुरोध गरे।

    पार्टी सभापति रवि लामिछाने आफ्नो अदालती मुद्दा लड्न सक्ने भएकोले पार्टीलाई जीवन्त राख्ने काम गर्न उनले आग्रह गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार