Online Nepal
  • शुक्रबार, २ फाल्गुन २०८१
  • स्याङ्जामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

    स्याङ्जामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ५ माघ २०८१
  • 225
    SHARES

    फाइल तस्विर

    स्याङ्जा । स्याङ्जामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

    स्याङ्जाको आँधीखोला गाउँपालिका-५ स्थित कृषि-ओहिया भित्री सडकमा ग १ क ५१३९ नम्बरको ट्रक सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना हुँदा टिपरमा सवार एक जनाको मृत्यु भएको हो।



    मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका-१४ का ३७ वर्षीय चन्द्रबहादुर नेपाली छन्।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा गण्डकी अस्पताल पोखरामा गएराति १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्।

    घाइतेहरुको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार