Online Nepal
  • शुक्रबार, २ फाल्गुन २०८१
  • नेपाली दूतावास बैंककको आग्रह – रोजगारीको प्रलोभनमा नपर्नू

    नेपाली दूतावास बैंककको आग्रह – रोजगारीको प्रलोभनमा नपर्नू

    अनलाइन नेपाल
  • शनिबार, ५ माघ २०८१
  • 255
    SHARES

    काठमाडौं । नेपाली दूतावास बैंककले आकर्षक रोजगारीको प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्डलगायतका देशमा नआउन आग्रह गरेको छ ।

    दूतावासले ती देशमा आकर्षक रोजगारीको नाममा नेपाली नागरिकले दुःख पाएको र बन्धकसमेत बन्नुपरेको भन्दै एक सूचनामार्फत उक्त आग्रह गरेको हो ।



    दूतावासले म्यानमारको गोल्डन ट्रयांगलमा लगी गैरकानुनी काम गर्न बाध्य पारिएका र सो स्थानबाट भागेर थाइल्यान्ड छिरेका एक नेपाली नागरिकलाई थाई सरकारी निकायको सहयोगमा शुक्रबार नेपाल फर्काइएको छ ।

    सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी कानुन विपरीत छिटो धेरै पैसा कमाउने हेतुले कम्बोडिया, लाओस, म्यानमार र थाइल्याडलगायत कुनै पनि मुलुकमा वैदेशिक रोजगारीमा नआउन राजदूतावासले सबैमा अनुरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार