मोरङ । मोरङको सुन्दरहरैचामा गएराति जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुन्दरहरैचा नगरपालिका-८ का ७१ वर्षका हरिप्रसाद घिमिरे रहेका छन् ।
इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार राति १ बजेतिर घरमा आएर उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा हात्तीको आक्रमणमा परी उनको निधन भएको हो ।
बच्चासहित आएको माउ हात्तीले उनीमाथि आक्रमण गरेको स्थानीयले बताएका छन् ।
घिमिरेको शव पोष्टमाटमका लागि अस्पताल पठाउने तयारी भइरहेको छ ।
Leave a Reply