Online Nepal
  • शुक्रबार, २ फाल्गुन २०८१
  • ललितपुरका यी स्थानमा आज बिजुली काटिने

    ललितपुरका यी स्थानमा आज बिजुली काटिने

    अनलाइन नेपाल
  • शनिबार, ५ माघ २०८१
  • 228
    SHARES

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ ।

    प्राधिकरणले मर्मत सम्भारलगायतका कामका लागि विद्युुत् कटौती गर्न लागेको हो ।



    प्राधिकरणले पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडरअन्तर्गत पर्ने शंखमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुने एक सूचनामार्फत जनाएको छ ।

    तोकिएको समयभन्दा अगावै निर्धारित कार्य सम्पन्न भए बिजुली प्रवाह शीघ्र हुने प्राधिकरणले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार