Online Nepal
  • शुक्रबार, २ फाल्गुन २०८१
  • इजरायलको मन्त्रिपरिषदबाट गाजा युद्धविराम र बन्धक रिहाइ सम्झौता अनुमोदन

    इजरायलको मन्त्रिपरिषदबाट गाजा युद्धविराम र बन्धक रिहाइ सम्झौता अनुमोदन

    अनलाइन नेपाल
  • शनिबार, ५ माघ २०८१
  • 240
    SHARES

    एजेन्सी । इजरायलको मन्त्रिपरिषद्ले हमाससँग गाजामा युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतालाई अनुमोदन गरेको छ । यो अनुमोदनसँगै अब भोलि आइतवारदेखि युद्धविराम लागू हुने बाटो खुलेको छ ।

    युद्धविराम प्रस्ताव अनुमोदन गर्नेरनगर्ने विषयमा घण्टौँसम्म छलफल भएको थियो । दुई जना मन्त्रीहरूले सम्झौताको विरोधमा मतदान गरेका थिए ।



    प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालय र सुरक्षा मन्त्रिपरिषदले युद्धविरामले युद्धको उद्देश्य प्राप्त गर्न सहयोग गर्ने भन्दै अनुमोदन गर्न सिफारिश गरेको थियो । हमासले पनि युद्धविराम सम्झौता र बन्धक रिहाइको सम्झौता पारित गरिसकेको छ ।

    अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा गएको बुधवार राति दोहामा भएको वार्तामा सहमति जुटेको थियो । इजरायलको मन्त्रिपरिषद्ले यो सम्झौता अनुमोदन गरेसँगै १५ महिनादेखिको युद्ध रोकिने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार