Online Nepal
  • शुक्रबार, २ फाल्गुन २०८१
  • यू-१९ महिला टी–२० विश्वकप आजबाट, नेपाल र बङ्गलादेशसँग खेल्दै

    यू-१९ महिला टी–२० विश्वकप आजबाट, नेपाल र बङ्गलादेशसँग खेल्दै

    अनलाइन नेपाल
  • शनिबार, ५ माघ २०८१
  • 186
    SHARES

    काठमाडौं । आईसीसी यू -१९ महिला टी–२० विश्वकप क्रिकेट आजदेखि मलेसियामा शुरू हुँदैछ । उद्घाटन खेलमा अहिले बिहान सवा ८ बजे अस्ट्रेलिया र स्कटल्यान्डले खेल्दैछन् ।

    नेपालले दिउँसो सवा १२ बजे बङ्गलादेशसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्दैछ । नेपालले समूह चरणको दोस्रो खेलमा पर्सि सोमवार स्कटल्यान्डसँग र तेस्रो तथा अन्तिम खेलमा माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ ।



    प्रतियोगितामा १६ वटा टोलीलाई चार वटा समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, मलेसिया, श्रीलङ्का र वेस्ट इन्डिज छन् । समूह ‘बी’ मा इङ्गल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका छन् ।

    समूह ‘सी’ मा न्युजिल्यान्ड, नाइजेरिया, सामोआ र दक्षिण अफ्रिका छन् । समूह ‘डी’ मा नेपाल, अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड छन् । १९ वर्षमुनिको महिला टी–२० विश्वकपको फाइनल खेल माघ २० गते हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार