विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ‘मनिङ्वाक’ गरेका छन् । विराटनगरको बाक्लो हुस्सु छिचोल्दै उनले करिब एक घन्टा ‘मनिङ्वाक’ गरेका हुन् ।
बिहान ६ देखि ७ बजेसम्म पोखरियादेखि जिल्ला प्रशासन कार्यालय मोरङको कार्यालय रहेको स्थानसम्म उनले मनिङ्वाक गरेको बताइएको छ ।
उनले आज बिहान ९ देखि १० बजेसम्म विराटनगर १९ मा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको अनुगमन गर्ने कार्यक्रम छ ।
यस्तै १० देखि ११ बजेसम्म होटल एसियाटिकमा आयोजित एक कार्यक्रममा सहभागी हुने र केही भेटघाट कार्यक्रम गरेर मोरङको ग्रामथान झोराहाटमा स्थानीयसँग केही भेटघाट गर्ने कार्यक्रम छ ।
ग्रामथानको तेतरियामा आयोजित बधाई ज्ञापन तथा खबरदारी सभामा १ बजे सहभागी हुने कार्यक्रम छ ।
दिउँसो ४ बजे कार्यक्रम सकेर प्रचण्ड राजधानी फर्किने कार्यक्रम छ । शुक्रबार साँझ विराटनगर पुगेका प्रचण्ड कान्छा ज्वाइँ जीवन आचार्यको घरमा बसेका थिए ।
Leave a Reply