काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासबीच शिष्टाचार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओली र राजदूत बासबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न भेटवार्ता भएको हो ।
भेटमा द्विपक्षीय सम्बन्ध र आपसीहितका विविध विषयका साथै सूचना प्रविधि, लगानी, पर्यटन, रोजगारी, कृषिको आधुनिकीकरण, शिक्षा र संस्कृतिलगायत पारस्परिक साझेदारीका बारेमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यस अवसरमा राष्ट्रियसभाका सदस्य एवं इजरायलका लागि पूर्वनेपाली राजदूत डा अञ्जान शाक्य र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो ।
Leave a Reply