Online Nepal
  • बुधबार, २ माघ २०८१
  • रविलाई ६० लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंको आदेश

    रविलाई ६० लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंको आदेश

    अनलाइन नेपाल
  • बुधबार, २ माघ २०८१
  • 435
    SHARES

    काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका आरोपी रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।

    थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।



    स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा लामिछाने र जिबी राईको संयुक्त रूपमा ५ करोड ८ लाख ६८ हजार ६ सय ३३ रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो।

    यसअघि गत बिहीबार सूर्यदर्शन सहकारी ठगी प्रकरणमा  कास्की अदालतले रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

    कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार मात्र छुटेका थिए । त्यसअघि उनी ८४ दिनदेखि प्रहरी हिरासतमा थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार