काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
अभद्र व्यवहारमा तामाङलाई गौशाला प्रहरी वृत्तको टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो।
उनलाई महानगरीय प्रहरी बृत्त गौशालामा लगिएको छ । तामाङलाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी लगेको थियो।
केही दिन अगाडी पशुपति विकास कोषमा सुरक्षार्थ खटिएका डीएसपीसहितका प्रहरीलाई नाङ्गै भएर हिड्नुस भन्दै प्रहरी अधिकारीहरुमाथि दुर्व्यवहार गरेकी थिइन् ।
केही समय अगाडी पशुपति विकास कोषले ३५ महिलालाई जागिरबाट निकालेको थियो ।
त्यसको विरोधमा पशुपति विकास कोषमा पुगेकी तामाङ र प्रहरीबीच झण्डै हात हालाहालको अवस्था सिर्जना भएको थियो ।
प्रहरीले आशिकालाई कोषको कार्यालयभित्र प्रवेश गर्न नदिएपछि उनी उग्र रुपमा प्रस्तुत भएकी थिइन् ।
Leave a Reply