काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपाललाई एक करोड सहयोग गर्ने घोषणा गरेका छन् ।
सोमबार माइती नेपालको गौशालास्थित केन्द्रीय कार्यालयमा स्थलगत अवलोकन गर्दै प्रधानमन्त्री ओलीले उक्त संस्थाको अक्षय कोषमा एक करोड सहयोग गर्ने घोषणा गरेका हुन् ।
चेलीबेटी बेचबिखनविरुद्ध लामो समयदेखि कार्यरत सो संस्थाका गतिविधिबारे संस्थापक अनुराधा कोइरालासहित पदाधिकारी, आश्रित महिला र बालबालिकासँगको छलफलपछि सरकारले नै गर्नुपर्ने काममा संस्थाले सघाइरहेकाले यसको अक्षय कोष वृद्धि गर्ने प्रधानमन्त्री ओलीले घोषणा गरे ।
प्रधानमन्त्री ओलीले अवलोकनमा क्रममा देखेका र सुनेका समस्यालाई समाधानका लागि सरकारका तर्फबाट गम्भीरतापूर्वक पहल गर्ने विश्वास दिलाउँदै सो संस्थाका काम र प्रयासप्रति प्रशंसा व्यक्त गरे ।
Leave a Reply