Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • अदालतको इजलासमै निकिताले लगाइदिइन् रविलाई रातो टीका

    अदालतको इजलासमै निकिताले लगाइदिइन् रविलाई रातो टीका

    अनलाइन नेपाल
  • सोमबार, २९ पुष २०८१
  • 126
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई इजलासमै पत्नी निकिता पौडेलले टीका लगाइदिएकी छन्।

    काठमाडौं जिल्ला अदालतको इजलासमा उपस्थित लामिछानेलाई इजलासमै पत्नी पौडेलले रातो टीका लगाइदिएकी हुन् ।



    आजबाट स्वस्थानी व्रत आरम्भ भएको अवसरमा पत्नी पौडेलले रविलाई रातो टीका लाएकी थिइन् ।



    स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेको काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा थुनछेक बहस जारी छ ।

    पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट ६५ लाख धरौटी बुझाएर गत बिहीबार रिहा भएका लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।

    तर आइतबार थुनछेक बहस नसकिएपछि उनलाई न्यायिक हिरासतमा लगिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार