Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • कानूनसहित पाँचवटा समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    कानूनसहित पाँचवटा समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    अनलाइन नेपाल
  • सोमबार, २९ पुष २०८१
  • 60
    SHARES

    काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ ।

    संसद सचिवालयका अनुसार आज कानून, न्याय तथा मानव अधिकार समिति, अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।



    पाँचवटै समितिका बैठक बिहान साढे १० देखि १ बजेको बीचमा सिंहदरबारमा बस्नेछन् ।



    कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्बन्धित दफाहरुमा छलफल गर्ने कार्यसूची रहेको छ ।

    यस्तै, अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरुसँग छलफल गर्ने कार्यक्रम छ ।

    अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा प्रधानमन्त्रीबाट भएको पछिल्लो वैदेशीक भ्रमण र परराष्ट्र मन्त्रालयको आर्थिक वर्ष २०८१–८२ को कार्यक्रम तथा हालसम्मको प्रगतिका सम्बन्धमा छलफल हुनेछ ।

    यसैगरी विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल गर्ने तालिका रहेको छ ।

    यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गर्ने तयारी छ । जसका लागि स्वास्थ्यमन्त्री र मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार