Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • सिउँडी माविले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि, शिरोमणीको सानदार ‘डेब्यु’ !

    सिउँडी माविले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि, शिरोमणीको सानदार ‘डेब्यु’ !

    पूर्ण बहादुर साउँद
  • आइतबार, २८ पुष २०८१
  • 597
    SHARES

    अछाम । चौरपाटी गाउँपालिकास्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि सिउँडी माविले जितेको छ । आइतबार चौरपाटीमा सम्पन्न प्रतियोगितामा ८ स्वर्ण, ७ रजत, २ कांस्य पदकसहित सिउँडी माध्यमिक विद्यालयले उपाधि जितेको हो ।

    गत वर्ष पनि सिउँडी माविले नै शिल्ड जितेको थियो । यस्तै प्रतियोगितामा ७ स्वर्ण, ५ रजत, ४ कांस्य पदक हात पार्दै बैजनाथ मावि दोस्रो भएको छ भने ७ स्वर्ण, १ रजत, ५ कांस्य पदक प्राप्त गर्दै शिरोमणी लेखनाथ मावि तेस्रो हुन सफल भएको छ ।



    गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका अनुसार शान्ति माध्यमिक विद्यालय ३ स्वर्ण, ५ रजत, ५ कांस्य पदकसहित चौथो बनेको छ ।



    यस्तै गगुडा माविले १ स्वर्ण, १ रजत, ३ कांस्य, दयापिपलतोला माविले ३ रजत, ६ कांस्य, पशपल्लेपानी माविले ३ रजत, ३ कांस्य र देवीमान्डु माविले १ रजत, २ कांस्य पदक जितेका छन् ।

    प्रतियोगिताका विजेतालाई चौरपाटी गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउँदले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका हुन् ।

    विभिन्न ८ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा छात्र र छात्रा भलिबल, कबड्डी, एथलेटिक्स विधामा विद्यार्थी खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता गत बिहीबारबाट सुरु भएको थियो ।

    शिरोमणीको सानदार ‘डेब्यु’

    माध्यमिक विद्यालयको अनुमति पाएको पहिलो पटक मै शिरोमणी लेखनाथ माध्यमिक विद्यालयले सानदार प्रदर्शन गरेको छ । शिरोमणी गत वर्ष पनि प्रतियोगितामा सहभागी भएको थियो ।

    तर त्यस बेला माविको अनुमति पाएको थिएन । यस पटक भने अनुमति पाएपछि शिरोमणीले प्रतियोगितामा सानदार प्रदर्शन गरेको हो ।

    ७ स्वर्ण, १ रजत, ५ कांस्य पदक प्राप्त गर्दै शिरोमणी तेस्रो स्थानमा आयो । विभिन्न समस्याका वावजुद शिरोमणीले प्रतियोगितमा राम्रै प्रभाव पारेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार