Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • रवि लामिछानेको बयान न्यायाधीश अधिकारीको इजलासमा

    रवि लामिछानेको बयान न्यायाधीश अधिकारीको इजलासमा

    अनलाइन नेपाल
  • आइतबार, २८ पुष २०८१
  • 222
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा न्यायाधीश माधव अधिकारीको इजलासमा परेको छ।

    जिल्ला अदालत काठमाडौंका न्यायाधीश अधिकारीको इजलासमा लामिछानेको बयान र त्यसपछि थुनछेक बहस सुरू हुनेछ ।



    स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि लामिछाने आइतबार आफैँ अदालतमा हाजिर भएका हुन् ।



    लामिछाने आइतबार बिहान साढे ९ बजेनै अदालतमा हाजिर भएका थिए। गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

    रविलाई सरकारी वकिलले सो ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदावी गरेको छ ।

    यसअघि कास्की जिल्ला अदालतले उनलाई सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा ६५ लाख धरौटी माग गरी छाड्न आदेश दिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार