Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • शक्तिशाली एसपीहरूले रोके एसएसपी बढुवा

    शक्तिशाली एसपीहरूले रोके एसएसपी बढुवा

    अनलाइन नेपाल
  • शनिबार, २७ पुष २०८१
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको एसएसपी वढुवामा अत्याधिक राजनीतिकरण भएको छ । रिक्त रहेका २५ पदमा बढुवाका लागि ६० भन्दा धेरै एसपीहरु प्रतिस्पर्धामा छन्।

    प्रतिस्पर्धामा रहेका केही जुनियर तर शक्तिशाली एसपीहरुका कारण बढुवा रोकिएको छ । एसपीहरुको शक्तिका अगाडि गृहमन्त्री रमेश लेखक र आइजिपी बसन्तबहादुर कुँवर समेत निरिह बनेका छन्।



    बरियतामा जुनियर रहेका र बदनामहरु बढुवामा शक्तिकेन्द्र धाएपछि सहमति हुन सकेको छैन । केही एसपीहरु आर्थिक चलखेलकै आधारमा बढुव हुने दाउमा छन् ।



    सिनियर ब्याचका गोविन्द अधिकारी र बिनोद सिलवाल छन् भने ११४ टोलीबाट बढुवामा चर्को प्रतिस्पर्धा देखिएको छ । यो ब्याचबाट भावी आइजिपी समेत हुने भएकाले बढुवामा अहिलेदेखि नै अस्वस्थ चलखेल देखिएको हो।

    गत बुधबार बढुवाको लगभग सहमति भइसकेको थियो । तर, विवादास्पद एसपी कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयबाट रोकाएको स्रोत बताउँछ । उनलाई जसरी पनि बढुवामा राख्न प्रधानमन्त्री निकट समूह लागेको छ ।

    त्यस्तै, सुदुरपश्चिमका पदम बिष्ट र चक्रराज जोशीले पनि शेरबहादुर देउवाको सचिवालयबाट दबाब दिएका छन् । कर्मचारी प्रशासन शाखाका एसपी योगेन्द्रसिंह थापा तेस्रो लटका भएपनि यसपटक जसरी पनि बढुवा हुने चलखेलमा लागेका छन्।

    पहिलो लटका रमेश थापा,कृष्ण पंगेनी, नवराज अधिकारी, विमलराज कँडेल, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, रञ्जु सिग्देल, अनुपम शमशेर जबरा, श्याम कुमार महतो, प्रकाश रानाभाट, वीरबहादुर बुढा, अजय केसी, कमल थापा छन्। उनीहरुमध्ये विमलराज कँडेल, प्रकाश रानाभाट र कमल थापा कारबाहीमा परेका अधिकृत भएकाले छुट्ने सम्भावना छ।

    दोस्रो लटमा बढुवा भएका होबिन्द्र बोगटी, प्रभु ढकाल, सन्तोषसिंह राठौर, शिव श्रेष्ठ, दयानिधी ज्ञवाली, शान्तिराज कोइराला, बेद बिष्ट, संजयसिंह थापा, प्रकाश मल्ल, सन्तोष भट्टराई, दीपक पोखरेल, महेन्द्र खड्का, केदार खनाल, दीपेन्द्र शाही, तुलबहादुर कार्की, राकेश सिंह, राजीब बस्नेत, राजेन्द्र धमला, ज्ञानेन्द्र फुयाल छन् ।

    उनीहरु २०७७ को बैशाखमा बढुवा भएका हुन् । यो टोलीका सबै जसो अहिले राजनीतिक पहुँचका आधारमा सबैजसो शक्तिशाली देखिएका छन्।

    ११४ कै ब्याचबाट २०७७ को माघमा बढुवा भएका भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेश काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, नकुल पोख्रेल, पदम विष्ट, सुवासचन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्र श्रेष्ठ, दिलीप घिमिरे, वीरेन्द्रबहादुर शाही लगायत पनि बढुवाका लागि शक्तिकेन्द्र धाइरहेका छन् ।

    त्यस्तै, २०७८ को मंसिरमा एसपी भएकाहरुमध्ये जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सीना, रमेश पण्डित लगायत पनि लागेका छन्।

    प्रहरीमा गत असारदेखि नै एसएसपीका पद छन् । त्यसयता पाँच पटक एआइजीमा बढुवा भइसकेको छ तर एसएसपीमा भने हुन सकेको छैन। जसकारण अस्वस्थ चलखेल बढेको छ भने तल्लो तहको बढुवा समेत प्रभावित बनेको छ। यसले गृह र प्रहरी नेतृत्वप्रति प्रहरी अधिकारीको समेत आक्रोश बढ्न थालेको छ ।

    बढुवाका लागि शक्तिकेन्द्र धाउनेलाई प्रहरी महानिरीक्षक कुँवरले कारबाही गर्ने चेतावनी दिएपनि उनी यतीबेला निरिह बन्दा यस्तो अवस्था आएको कतिपय प्रहरी अधिकारीको टिप्पणी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार