Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • अदालतको आदेशले हामीलाई केही राहत महसुस भयो : सोविता गौतम

    अदालतको आदेशले हामीलाई केही राहत महसुस भयो : सोविता गौतम

    अनलाइन नेपाल
  • बिहिबार, २५ पुष २०८१
  • 216
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले धरौटीमा छाड्न आदेश दिएपछि सांसद सोविता गौतमले आफूहरुलाई केही राहत महसुस भएको बताएकी छिन् ।

    बिहीबार कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । कास्की जिल्ला अदालत परिसर बाहिरबाट त्यसबारे प्रतिक्रिया जनाउँदै रास्वपाकी सांसद गौतमले आदेशले हामीलाई केही राहत महसुस भएको बताएकी हुन् ।



    यसैबीच नेता गौतमले फेसबूकमा रविको तस्विर साझा गर्दै लेखेकी छन्, ‘अटल, अडिग, अविचलित ।’



    रविलाई जिल्ला अदालत, कास्कीले बिहीबार ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । लामिछानेले धरौटी बुझाउने प्रक्रिया सुरु गरेका छन् । तर उनी ६५ लाख धरौटी बुझाए पनि तत्काल छुट्ने छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार