Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • अख्तियारका अधिकृतलाई नै घुस दिने प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    अख्तियारका अधिकृतलाई नै घुस दिने प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    अनलाइन नेपाल
  • बिहिबार, २५ पुष २०८१
  • 168
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अधिकृतलाई नै एक लाख रूपैयाँ घूस दिन खोज्ने अछामको मेल्लेख गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ ।

    हाल नुवाकोटको किस्पाङ गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटाविरुद्ध अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।



    अछामको मेल्लेख गाउँपालिकाको मेसिनरी सामान खरिद सम्बन्धी उजुरी उपर अख्तियारको कार्यालय, कञ्चनपुरबाट विस्तृत अनुसन्धान हुँदा उनले एक लाख रुपैयाँ घुस दिएका थिए ।



    उजुरीसँग सम्बन्धित कागजात पेश गर्न भनी आयोगको कार्यालय कञ्चनपुरका अनुसन्धान अधिकृतलाई एक लाख रूपैयाँ घूस दिन खोजेपछि उनी केही समय पहिले आयोगको कार्यालयबाटै पक्राउ परेका थिए ।

    अभियोगपत्रमा भनिएको छ ,‘उजुरीसँग सम्बन्धित कागजात पेस गर्न भनी आयोगको कार्यालय कञ्चनपुरका अनुसन्धान अधिकृतको कार्यकक्षमा आई कागजातसहितको खाम दिँदा निजलाई अनुसन्धान अधिकृत आफैँले खोलेर दिनुभन्दा निजले बोकेको हरियो रंगको झोला भित्र रहेको पहेँलो खाममा एक लाख रुपैयाँ भेटिएको थियो । यो के को पैसा हो ? भनी सोधपुछ गर्दा मुद्दा मिलाइदिन तपाईंको लागि नै स्वेच्छाले ल्याएको हो भनी भनेका थिए ।’

    अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । अछाम, मेल्लेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत रहँदा खरिद कार्यमा अनियमितता गरेको भन्ने उजुरीको विस्तृत अनुसन्धानका लागि उनलाई बोलाइएको थियो ।

    बयान दिन जाँदा उनले घुस दिएकाले भ्रष्टाचार मुद्दामा कैद, बिगो र जरिवाना हुनुपर्ने माग अख्तियारले गरेको छ ।

    अनुसन्धानलाई प्रभावमा पार्न, खरिद कार्यमा भए गरेका भ्रष्टाचारजन्य वा अन्य अनियमितताका विषयमा मुद्दाको कारबाही अगाडि नबढाई उनले यस्तो घुस प्रस्ताव गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार