Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ 

    अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ 

    अनलाइन नेपाल
  • बिहिबार, २५ पुष २०८१
  • 99
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रहरीले देशका विभिन्न ठाँउहरुबाट अवैध लागूऔषधसहित २६ जनालाई पक्राउ गरेको छ ।

    प्रहरीले काठमाडौं, बाँके, कैलाली, धनकुटा,बर्दिया, मोरङ र दाङबाट अवैध लागूऔषध सहित उनीहरुलाई पक्राउ गरेको प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।



    कहाँ-कहाँबाट कोको परे पक्राउ ?



    काठमाडौं- दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ हजार ट्याब्लेटसहित रौतहट घर भएका १८ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले ना.१ ज. ८७५७ नम्बरको टाटा सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो ।

    बाँके- नेपालगंज उपमहानगरपालिका-१६ जयसपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय उन्तियाज अली अन्सारी र २८ वर्षीया साहाना राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गको छ ।

    इलाका प्रहरी कार्यालय जयसपुर र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१३ लालापुरवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ मिलिग्राम सहित कोहलपुर नगरपालिका-२ मनकामना बस्ने २६ वर्षीय शुभम अधिकारी र सोही नगरपालिका-१ कौशिलानगर बस्ने २६ वर्षीय किरण राना मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भे.११ प. ६७६५ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    कैलाली- धनगढी उपमहानगरपालिका-१ शिवनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय सुरज थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    यसैगरी धनगढी उपमहानगरपालिका-९ बङराकटानबाट अवैध लागूऔषध ब्राउनसगुर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय डम्बर ठगुन्नालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय १० मिलिग्राम सहित कञ्चनपुर भिमदत्त नगरपालिका-१० बस्ने २६ वर्षीय तपेन्द्र पाली समेत ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सु.प.प्र.०२९००३ प ५२०६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    बर्दिया- बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित बाँसगढी नगरपालिका-५ बाँसगढी बस्ने ३४ वर्षीय धनिराम थारूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    मोरङ- उर्लाबारी नगरपालिका-१ डाँगीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम, नियन्त्रित लागूऔषध स्पास्पेन १ सय ट्याब्लेट, ट्रामाडोल १ सय ट्याब्लेट र मोबाइल ६ थान सहित सोही ठाउँ बस्ने अमर मगर समेत ६ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
    धनकुटा-साँगुरीगढी गाउँपालिका-९ चाँदीबजारबाट अवैध लागूऔषध गाँजा करिब १ सय २० किलोग्राम सहित शहिदभूमि गाउँपालिका-१ गुर्दुम बस्ने ३४ वर्षीय नकुल राई समेत ६ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले चाँदीबजारबाट धरानतर्फ जाँदै गरेका ५ वटा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

    प्रहरीले उनीहरूले प्रयोग गरेको ५ वटा मोटरसाइकल समेत बरामद गरेको छ । साथै प्रहरीले मोटरसाइकल छोडी हाल फरार भएका २ जनाको खोजी गरिरहेको छ ।

    दाङ- घोराही उपमहानगरपालिका-१३ सिर्जनशील टोलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २४ किलो ७ सय १० ग्राम र नगद १५ हजार रूपैयाँ सहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने प्युठान स्वर्गद्धारी नगरपालिका-२ घर भएका ३९ वर्षीय निम बहादुर आले, नौबहिनी गाउँपालिका-२ घर भएका २१ वर्षीया देउकली बुढामगर र रोल्पा त्रिवेणी गाउँपालिका-७ घर भएका २९ वर्षीय प्रकाश घर्ती रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार