Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • सार्वजनिक लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव पक्राउ

    सार्वजनिक लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २५ पुष २०८१
  • 171
    SHARES

    मोरङ । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव पक्राउ परेका छन् ।

    पोखरेलका स्वकीय सचिव अनिल पोखरेल आज बिहान जिल्ला प्रहरी कार्यालय मोरङ नजिकैबाट पक्राउ परेका हुन् ।



    सप्तरीका बौआलाल चौधरीले २०७९ सालमा मोरङको रंगेली नगरपालिका २ बस्ने अनिलविरुद्ध प्रहरीले उजुरी लिन नमानेको भन्दै उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गराएका थिए ।



    उनीविरुद्धको उजुरी दर्ता गरी अनुसन्धान गर्न उच्च अदालतले मोरङ प्रहरीलाई परमादेश दिएको छ । एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै अनिलले ३८ लाख रुपैयाँ लिएको आरोप चौधरीको छ ।

    अनिलले एमबीबीएस भर्ना गर्नका लागि ३८ लाख ८० हजार रुपैयाँ ठगेको आरोप छ । अनिल नेकपा एमाले मोरङ जिल्ला सदस्य हुन् ।

    प्रहरी नियन्त्रणमा रहेका पोखरेलमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    ऋषिकेश पोखरेल पत्नी अन्जला कोइरालामाथि सहकारी ठगीको आरोप छ ।

    गत २७ मंसिरमा मुद्दा दर्ता भएपछि फरार रहेकी उनी बुधबार अदालतमा हाजिर भएकी थिइन् । बुधबार नै उनी अदालतको आदेशपछि १० लाख धरौटी बुझाएर छुटेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार